काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताएका छन् ।

संघीय संसद् भवनबाट बाहिरिँने क्रममा सञ्चारकर्मीसँग बोल्दै सांसद थापाले नीति तथा कार्यक्रम पुरानैको निरन्तरता मात्र भएको बताए । सांसद थापाले भने, ‘सरकारको आज सार्वजनिक भएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नीति तथा कार्यक्रममा गत वर्षको समीक्षासमेत हुन नसकेको भन्दै उनले यसले आगामी वर्ष कुनै उपलब्धि नहुने र जनतामा निराशा ल्याउने दाबी गरे ।

कांग्रेसका अर्का सांसद नारायण खड्काले पनि नीति तथा कार्यक्रममा नयाँ कुरा समेट्न नसकेको प्रतिक्रिया दिए । उनले सरकारले आगामी वर्षको कार्यक्रमले स्पष्ट दिशासमेत दिन नसकेको टिप्पणी गरे । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमबाट समृद्धि आउने दाबी गरे । एभरेस्ट दैनिक बाट