(पार्थ मण्डल) भद्रपुर । शुक्रवार दिउँसो साढे ४ बजे । झापाको आकाशमा एउटा जेट विमान देखा परियो । सो विमान भद्रपुर विमानस्थल आएको हो । विमानस्थलमा आएका विमानले झापाको आकाश वरिपरि लगभग १० देखि १२ फन्को लगायो । विमानले आकाशमाथि किन फन्को लगाएको लगाए गर्यो भन्दै भद्रपुरबासीको मनमा कौतुल्ता बढ्न थाल्यो । कतिले उड्दै गरेको विमानको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेर बुझ्न प्रयास गरे ।

कहिले विमानस्थलका कर्मचारीदेखि पत्रकारसम्मलाई फोन गरेर विमानको बारेमा बुझ्न कोसिस गरे । तर, उनीहरूको कौतुल्ता प्रस्ट हुन सकेन । शुक्रवार झापाको आकाशमा देखा परेको विमान नेपालको नभएर बैङ्गकको थाई जेट विमान हो । एरो थाई कम्पनीको जेट विमान भद्रपुर विमानस्थलको अध्ययनसँगै हवाई निरीक्षणका लागि आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कुनै प्राविधिक समस्याले जहाज ल्यान्ड गर्न नसकेको भने होइन’, चुडालले भने, ‘विमानस्थलमा जडान गरिएको उपकरणको अध्ययनसँगै निरीक्षणको लागि टोली आएको हो ।, उनका अनुसार विमान चालकदलसहित बैङ्गक र नेपालका संयुक्त प्राविधिक टोली भद्रपुर विमानस्थल शुक्रवार दिउँसो २ बजे आएको हो । संयुक्त प्राविधिक टोलीले भर्खरै विमानस्थलमा जडान गरिएको रात्रिकालीन लाइटको चेक जाँच र आउँदो दिनमा जडान गरिने भिओर डेमीको अध्ययन गरेको हो । भद्रपुर विमानस्थलको स्तोरउन्नतीका काम धमाधम भइरहेको बताउँदै चुडालले भने, ‘भद्रपुर–काठमाडौँ सुरक्षित हवाई यात्रा गराउन चाहिने आवश्यक उपकरण थप्नु परेमा थप्ने वा अन्य उपकरण समेत जडान गर्नलाई सरकारले टोलीलाई भद्रपुर पठाएको हो ।’

‘अहिले रात्रिकालीन हवाई सेवा सेटलाइटको माध्यमबाट सञ्चालन भइरहेको छ’, उनले भने, ‘भिआर डे मी जडानपछि जमिनमा पनि उपकरण जडान हुन्छ, र उडान भर्न विमानलाई झन् सहज हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै भद्रपुर विमानस्थलमा माघ १७ गतेदेखि रात्रिकालीन हवाई सेवा सुरु भएको हो । भद्रपुर विमानस्थलको वान–वे रन वे बनाउन जमिन अतिक्रमणको काम सकिसकेको जनाइएको छ ।