झापा । झापाको बिर्तामोड नगरपालिका २ चारपाने स्थित पूर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री घाईते भएका छन ।

शुक्रबार राती पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा १२ च ८५५० नम्बरको कारले दक्षिणबाट उतर बाटो काट्दै गरेका पैदलयात्री अर्जुनधारा नगरपालिका ६ बस्ने ६६ वर्षिय सुकलाल राजवंशीलाई ठक्कर दिदाँ घाइते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले घाइतेलाई उद्दार गरी उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएको थियो भने कार र कार चालक बिर्तामोड नगरपालिका १० बस्ने ३२ वर्षिय राजन राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।