इटहरी । सशस्त्र प्रहरीका एक जवान स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी १० नम्बर गुल्म सोनापुरमा कार्यरत जवान सहेन्सा चौधरीले ती युवतीलाई गत बैशाख १९ गते बलात्कार गरेको बताइएको छ ।
ती युवतीले इलाका प्रहरी कार्यलय इटहरीमा बलत्कार गरेको उजुरी दिएपछि शुक्रवार चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाई जनाए । पक्राउ परेका चौधरीको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











