हुम्ला, वैशाख २१ । हुम्लामा हृदयाघातका कारण आज प्रहरी हवल्दारकोमृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत दैलेख नारायण नगरिपालिका–१ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो।

खड्का बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालयमै ड्युटीमा खटिएको समयमा एक्कासी बिरामी भएपछि उपचारका लागि जिल्ला अस्‍पताल हुम्ला लग्ने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। मृतक खड्का हृदयाघातकै कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अस्‍पताल कार्यलय स्रोतले जानकारी गराएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक हवल्दार खड्का यसअघि पनि मुटु र प्रेसरको बिरामी भइरहने गरेका कारण नियमित औषधि प्रयोग गरिरहेको समेत जिल्ला प्रहरी कार्यालय जानकारी गराएको छ।

दैलेख जिल्ला नारायण नगरपालिका–१ घर भई हाल हुम्ला जिल्ला प्रहरी कार्यलयमा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भर्खरै प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा भएका थिए। एभरेस्ट दैनिक बाट साभार