इटहरी । इटहरीमा खाज घर संचालकहरुले यौनकर्मी हरुलाई फोन मार्फत बोलाई यौन व्यवसाय संचालन गर्दै आएको रहस्य वाहिरीएको छ । इटहरी प्रहरीले इटहरीको वीपी चोकस्थित एक खाजा घरबाट केही मानिसलाई नियन्त्रण लिएको छ ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई वीपी चोकस्थित खाजा घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु मानव बेचविखनमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको उनले जानकारी दिए । महिला र पुरुष गरेर ४,५ जनालाई पक्राउ गरिएको र अनुमसन्धान जारी रहेकाले अन्य विवरण गोप्य राखिएको उनले बताए ।

पक्राउ पर्नेमा खाजा घरका सञ्चालक समेत रहेका छन् । उनीहरु इटहरीकै बासिन्दा रहेको प्रहरीको भनाइ छ । पुर्बेली न्यूज बाट