इटहरी । इटहरीमा खाजा घर संचालकहरुले यौनकर्मीहरुलाई फोन मार्फत बोलाई यौन व्यवसाय संचालन गर्दै आएको रहस्य वाहिरीएको छ । इटहरी प्रहरीले इटहरीको वीपी चोकस्थित एक खाजा घरबाट केही मानिसलाई नियन्त्रण लिएको छ ।
गोप्य सूचनाका आधारमा उनीहरुलाई वीपी चोकस्थित खाजा घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए ।
उनीहरु मानव बेचविखनमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको उनले जानकारी दिए । महिला र पुरुष गरेर ४,५ जनालाई पक्राउ गरिएको र अनुमसन्धान जारी रहेकाले अन्य विवरण गोप्य राखिएको उनले बताए । पक्राउ पर्नेमा खाजा घरका सञ्चालक समेत रहेका छन् । उनीहरु इटहरीकै बासिन्दा रहेको प्रहरीको भनाइ छ । पूर्वी न्युजबाट











