डोटी । डोटीको आदर्श गाउँपालिका १ मेलगडामा बाख्राको मासु खाँदा १६ जना बिरामी भएका छन् । बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको बताइएको छ ।उनीहरुले शनिबार दिउँसो बाख्राको काँचो मासु खाँएको बताइएको छ ।

काँचो मासु खाँएर बिरामी भएका उनीहरुको डोटी जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रहरी कार्यालय डोटीका अनुसार काँचो मासु खाँएर बिरामी भइ अस्पताल भर्ना भएका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।











