काठमाण्डौ । आज आइतबार विश्व हाँसो दिवस परेको छ ।विश्व हाँसो दिवस भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा मनाउन थालिएको हो ।सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन लागिएको हो ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र मित्रताको विश्वव्यापी चेतना फैलाउन बिश्व हाँसो दिवस मनाउन थालिएको हो ।योग विज्ञका अनुसार हाँसोले शारीरिक र मानसिक तनाव हटाउन सहयोग गर्ने गर्छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने बताइएको छ । त्यस्तै हाँसोले मुटुको रक्षा गर्न सघाउने पनि बताइएको छ ।