काठमाडौं । गतसाता काठमाडौं गोकर्णेश्वर यातायातबाट एक महिलाको ब्याग लुटेर भाग्ने चोर सिसिटीभी व्यामेरामा देखिए पनि प्रहरीले पक्राउ गर्न सकेको छ्रैन । लुटेएकी युवती सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. राज्य खड्का हुन् ।

बैशाख १४ गते उनी गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखु हुँदै रत्नपार्क जाने क्रममा लगभग साढे पाँच बजे बौद्ध टुसालबाट लुटिएकी हुन् । गाडीभित्रैबाट एक व्यक्तिले डा. खड्काको झोला बोकेर भागेका थिए, जुन सिसी क्यामेरामा प्रष्टै देखिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खड्काका अनुसार उक्त व्यागभित्र महत्वपूर्ण कागजातसहित ल्यापटप, क्यामरा र हार्ड ड्राइभ थियो । डा. खड्काका बुबा मधुसुदन खड्काले दिएको जानकारी अनुसार बैशाख १४ उक्त घटनालगत्तै प्रहरीमा उजुरी गर्दासमेत प्रहरीले उजुरी लिन मानेन र भोलिपल्ट लिखित उजुरी गरे पनि व्यक्ति पक्राउ पर्न सकेको छैनन् । जनता समाचार बाट साभार