काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको कामबाट जनताले ठगिएको महसूस गरिरहेको टिप्पणी गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारको कामबाट जनताले ठगिएको महसूस गरेको बताएका हुन् ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको आरोप पनि देउवाले लगाए । उनले आन्तरिक र बाह्य लगानीको वातावरण बनाउन सरकार असफल भएको समेत बताए ।
सरकारको कार्यशैली र नियतबाट नीति तथा कार्यक्रममा दाबी गरिएजस्तो दोहोरो अंकको आर्थिक वृद्धि सम्भव नभएको उनको आरोप छ । लोकान्तर बाट साभार










