धरान । एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै धरानबासीहरुले सिट्टी जुलुस निकालेका छन् । आइतबार धरानबासीहरुले विराटनगर स्थित प्रदेश सभा अगाडि सिट्टी जुलुस निकालेका हुन् ।

एक नम्बर प्रदेशको राजधानी र नामांकन टुङ्गो लगाउन विगत ६÷७ दिन देखि पार्टीको बैठक बसेको थियो । राजधानी र नाम बारे एक मत हुन नसकेपछि विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छुट्टाछुट्टै छलफल गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत शुक्रवार बसेको पार्टी बैठकले राजधानी बारे अन्य दलहरुसंग छलफल गरेर सर्वसम्मत बनाउने प्रयास गरिने बताइएको छ ।