मुम्बइ। पछिल्लो समय गर्मी निकै बढिरहेको छ । यस्तोमा सेलिब्रेटीहरु गर्मीबाट बच्नको लागि स्विमिङ पुलको सहारा लिइरहेका छन् । हालै टिभीकी चर्चित अभिनेत्री हिना खान आफ्ना साथीहरु एरिका जेनिफर र पुजा बनर्जीसँग स्विमिङ पुलमा मस्ती गरिरहेकी देखिइन् ।

हिनाले यी फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । एरिका र पूजाले पनि फोटोहरु इन्स्टाग्राममा राखेका छन् । यी तीनैजना अभिनेत्रीहरु एकता कपूरको चर्चित शो ‘कसौटी जिन्दगी की’ मा देखिइरहेका छन् । हिना भने छिट्टै यो शोबाट विदा हुँदैछिन् । उनी फिल्ममा ध्यान केन्द्रित गर्दैछिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड