धरान । राजधानीको माग गर्दै धरानवासीले आज( आइतारबार) प्रदेश नम्बर १ को संसद भवन घेराउ गरेका छन् । धरान उपमहानगरपालिका र धरानका विभिन्न राजनीतिक दलहरुले धरानलाई राजधानी वनाउनु पर्ने माग गर्दै सिटी फुकेर संसद भवन घेराउ गरेका हुन् । धरानका सांसदहरु सहित विभिन्न दलका नेताहरु अहिले संसद भवन अगाडि छन् ।

आज आइतबार बिहान धरानबाट निर्वाचित भई प्रदेश सभामा पुगेका सभामुख प्रदिप भण्डारी, क्षेत्र नम्बर १ ख बाट विजयी भई नेकपाको प्रदेश संयोजक समेत बनेका प्रदेश सभा सदस्य भिम आचार्य, धरान निवासी प्रदेश प्रमुख गोबिन्द तुम्हाङ, सहित मुख्यमन्त्रीलाई भेटी धरानलाई राजधानी बनाउनुका आधारहरु सहित ज्ञापन पत्र बुझाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसै गरि संसदीय दल नेपाली कांग्रेसका नेता राजीव कोईराला लाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम बनाएको छ । शनिबार धरानका सम्पुर्ण राजनितिक दलका प्रतिनिधीहरु सहितको टोलिले विराटनगरमा डेलिगेसन गई ज्ञापन पत्र बुझाउने कार्यक्रमको निर्णय भएको थियो

दवावमुलक कार्यक्रममा धरानका सांसदहरु सावित्री श्रेष्ठ, उमिता वराईली सहित धरान उपमहानगरपालिकाकी मेयर मन्जु भण्डारी,नेकपाका नेताहरु रमेश वस्नेत, नारायाण सुवेदी, चोत्लुङ, आइन्द्र विक्रम वेघा , समाजवादी नेपालका ताजुब लिम्वु , लिम्वुवान नेता अमर इजम लगायतको प्रदेश नम्बर १ अस्थायी कार्यालय विराटनगर पुगेका छन् ।

धरानले यस अघि नै प्रदेश राजधानी बनाउँदा उपयुक्त भौतिक सुविधा सम्पन्न पूर्वाधारको खोजी गरि १८ बुँदे लिखित जवाफ समेत सरकारलाई पठाईसकेको छ । वातावरणीय, भौगोलिक अवस्था र पूर्वाधारको आधारमा सबैभन्दा उत्कृष्ट धरान नै रहेको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको दाबी छ ।

धरानले स्थायी राजधानी बनाउनका लागि धरान सभागृह भवन सहित त्यसले आगेटेको जमिन र धरान उपमहानगरपालिकाकै नाममा ३० विघा क्षेत्रफल रहेको जमिन समेत उपलब्ध गराउने जानकारी गराईसकेको छ ।