लमही, ३० फागुन । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आज फागुन ३० गतेको दोस्रो सभा दाङको लमहीमा विशाल जनसमुदायका बीचमा सम्पन्न भएको छ । कपिलवस्तुको जीतपुरमा भव्य कार्यक्रम सम्पन्न भएपछि केन्द्रीय टोली दाङतर्फ प्रस्थान गर्दा चन्द्रौटामा स्थानीय बासिन्दाले अविरसहित भव्य स्वागत गरेका थिए । दाङबाट आएको टोलीले धानखोलामा केन्द्रीय टोलीलाई स्वागत गर्नुका साथै जुलुशसहित लमही पुर्याएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय अभियान आयोजना गरेर आफ्नो पार्टीले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न चाहेको उल्लेख गर्नुभयो ।

बरिष्ठ नेता नेपालले भन्नुभयोः

– कुनै ठाउँमा कुनै दललाई आउन दिन्न भन्छ भने त्यो निहुँ खोजेको मात्र हुन्छ । जसरी दाङमा आउनबाट हामीलाई कसैले रोक्न सक्दैन, त्यसैगरी मुुलुकका अरु भूभागमा जानबाट पनि कसैले रोक्न सक्दैन । अहिलेका ७ सय ४४ वटै स्थानीय तहमा एमाले छ, जताजतै छ । संविधानले नै राजनीति दलहरुलाई सभा आयोजना गर्ने, जुलुश गर्ने अधिकार दिएको छ । तर, आफूलाई यही देशका नेता ठान्नेहरुले हामीलाई सप्तरी जानबाट रोके । यसबाट उनीहरुको नियत स्पष्ट भएको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार ठा्रन्नेहरुले नै यस्तो गरेको देख्दा अचम्म लागेको छ ।

– हाम्रो सभामा उपस्थित नेताहरुलाई एउटै चिहान बनाउने षड्यन्त्र थियो । हामी जनतामा जाँदा उल्टै जनता भड्काउने काम भएको आरोप लगाइएको छ । यसलाई हामी अस्वीकार गर्छौं ।

– संविधानका बारेमा फिँजाइएका भ्रमहरुलाई चिर्नका लागि हामीले कार्यक्रम सुरु गरेका हौँ । मेचीबाट सुरु गर्दा जुन उत्साह देखा परेको थियो, अहिलेसम्म पनि कायम छ । सप्तरीमा हतियार लिएर हामीमाथि आक्रमण गर्न खोजियो । प्रहरीमाथि आक्रमण गरियो, एमालेका नेताहरुमाथि बमले आक्रमण गर्ने कोसिस गरेका थिए । त्यस्तलाई रोक्ने प्रहरी र प्रशासनका अधिकारीहरुलाई फिर्ता बोलाएर सरकारले मानमर्दन गरिएको छ, मनोबल गिराउने काम गरिएको छ । हामीलाई शंका छ, यस्ता घटनामा कतै सरकारका मानिसहरु त संलग्न छैनन् ? नत्र कार्यक्रमअघि नै दुई चार सय मानिसलाई समाउन सकिन्थ्यो, बमसहित मान्छे पक्राउ गरेर राख्न सकिन्थ्यो । हामीले तीन दिन कार्यक्रम रोक्दा पनि अपराधीहरु खोज्ने काम भएन ।

– एमालेको लोकप्रियता बढेर अरु पार्टीहरु आत्तिएका छन् । मोर्चाका नाममा हाम्रा कार्यक्रममा आउनबाट रोक्न लागि कोसिस भइरहेको छ । आजै कपिलवस्तुमा उनीहरुले जनतालाई कार्यक्रममा आउन रोके ।

– नेपाली भएकोमा हामीलाई गौरवबोध हुन्छ, गर्व गर्छौं । म मोर्चाका नेताहरुलाई सोध्न चाहन्छु, तपाईंहरु नेपाली भएकोमा गौरवबोध हुन्छ कि हुँदैन ? विदेशी फौजले नेपाली नागरिकलाई मार्दा तपाईंलाई पोल्छ कि पोल्दैन ? कञ्चनपुरमा भारतीय फौजबाट नेपाली मारिएकोमा संघीय पार्टीका नेता अशोक राईले भारतले मारेको होइन भनेर संसद्मै बोले । म सोध्न चाहन्छु, तपाईंहरुको रगतमा नेपाली रगत बगेको छ कि छैन ?

– मधेसी पार्टीको जन्म ०६४ सालपछि भएको छ । तर, हामीले ०५० सालमै मधेसका समस्या समाधानका लागि कार्यदल बनाएर काम सुरु गरेका थियौँ । अरु कुनै पार्टीले निर्णय नगर्दै एमालेले ०६२ सालमा संघीयतामा जानुपर्छ भनेर निर्णय गरेको हो । गाउँलाई बलियो बनाउन ०५१ सालमा हामीले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने कार्यक्रम ल्याएको हो ।

– एमालेले राष्टियताका सवालमा सधैँ आवाज उठाउँदै आएको छ । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला पहिलो पटक मैलै नै भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावसँग सन् १९५० को सन्धि पुनरावोलोकनको कुरा गरेको हुँ र त्यही विन्दुबाट त्यसमा छलफल सुरु भएको हो ।

– तराईमा विकासको लहर एमालेले नै ल्याएको हो । निजगढमा अन्तर्राष्टिय विमानस्थल बनाउने, हुलाकी राजमार्गलाई अघि बढाउने, द्रूतमार्ग अघि बढाउने, जनता आवास कार्यक्रम चलाउने, दलितका बालबालिकालाई छात्रबृत्ति दिने जस्ता काम एमालेकै नेतृत्वमा सरकार भएको बेला भएका हुन् । नागरिकता समस्या समाधान गर्न हामीले नै पहल गरेका हौँ, मुस्लिम आयोग बनाउने काम हामीले नै गरेका हौँ । त्यसैले मधेसका समस्या हामीले मात्रै समाधान गर्न सक्छौँ । कसैले एमालेलाई मधेसविरोधी भन्छ भने त्यो भ्रम मात्र हो ।

– अरु एजेन्डा नपाएर एमालेलाई बदनाम गर्न नचाहिने कुरा गरिएको छ । हिजो कांग्रेसले एमाले सत्तामा आयो भने बृद्धबृद्धालाई गोली ठोकेर मार्छ भनेर प्रचार गर्ने गरेको थियो, आज त्यस्तै तरिकाले मधेसविरोधी प्रचार गरिएको छ ।

– एमालेका नेताहरु देशभक्त छन्, आँटिला छन् । सबै चुनौतीको सामना गर्ने एकसे एक नेताहरु छन् । मौका पाए भने काम गर्न सक्छन् भन्ने हामीले देखाएका छौँ ।

– विदेशीलाई नागरिकता खुल्ला गरेर कसरी मधेसीको हित गर्छ ? मधेसी जनता विदेशी होइनन्, यही माटोमा जन्मिएका हुन् । उनीहरुलाई बद्नाम गराउनका लागि मोर्चाका नाममा विदेशीको पक्षपोषण गरिएको छ ।

– मधेसी मोर्चाको आन्दोलनका कारण मधेसका सहरहरु सुक्न थालेका छन् । बीरगन्ज, राजविराज, जनकपुर, सिराहा सबै सुक्न थालेका छन् । व्यापार व्यवसाय बिग्रिएको छ, मानिसहरु मधेसबाट बाहिरिन थालेका छन् । वास्तवमा उनीहरुले मधेसको होइन, विदेशको हितमा काम गरिरहेका छन् । पहाड र मधेसलाई अलग्याउनुपर्छ भन्ने माग नेपालको हितमा छैन ।

– माओवादीले एक जातिलाई अर्को जातिसँग लडाउने जातीय विष फैलायो, अहिले मधेसी मोर्चाले त्यसैलाई अघि बढाइरहेको छ ।

– स्थानीय चुनाव आजको आवश्यकता हो । ०७४ माघ ७ गतेभित्र सबै चुनाव गनुर््छ । तर, अरु दलहरु डराइरहेका छन् । चुनाव गराउन सक्दैनन् भने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन । त्यसपछि एमालेले चुनाव गराउनेछ र मुुलुकलाई नयाँ बाटोमा लैजाने छ ।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले इतिहासदेखि नै स्वतन्त्र रहेको मुलुकलाई कसैले केही गर्न नसक्ने र त्यसका लागि जनता सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै त्यसैका लागि आफ्नो पार्टी सक्रिय भएको बताउनुभयो । उहाँको भनाइ थियो, ‘आज केही सीप नलागेपछि जात, धर्म, क्षेत्र आदिका नाममा नेपाललाई कमजोर बनाउन खोजिएको छ । हामीबीचको एकता नै हाम्रो मुलुकको आधार हो । खबरदार, कुनै पनि तत्वले नेपाली जनतालाई विभाजित गर्न सक्दैन, चकनाचुर पार्छौं, असफल पार्छौं ।’ माधव नेपाल, झलनाथ खनाल र केपी ओली नेतृत्वका सरकारहरुले उदाहरणीय काम गरेकाले जनताले त्यसको सही मूल्यांकन गर्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।

सभामा बोल्दै पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले लोकप्रिय काम गर्दागर्दै ०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई हटाइएको बदला जनताले त्यसपछि सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई बहुमत स्थानमा जिताएर लिएको स्मरण गर्दै यसपटक पनि राम्रो काम गर्दागर्दै केपी नेतृत्वको सरकारलाई हटाइएकाले स्थानीय निर्वाचनमा पार्टीले दुई तिहाई बहुमत ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले हिसावकिताव राखेका छन्, निर्वाचन हुनासाथ त्यसको फैसला हुनेछ ।’

कार्यक्रम केन्द्रीय कमिटीका बैकल्पिक सदस्य तथा पूर्वसभासद् शान्ता चौधरीको अध्यक्षता र बैकल्पिक केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लोकप्रिय कलाकार बद्री पंगेनी ‘आयो आयो एमाले आयो, कालो बादल फाटेर घाम लायो’ गीत गाउनुभएको थियो । उपस्थित जनसमूहले नाचेर साथ दिएको थियो ।

अभियानले भोली नेपालगञ्जमा र्यालीका साथै सभा आयोजना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah