काठमाडौं– ललितपुर प्रहरीले आइतबार पूर्वसभासद गायत्री साह र उनका श्रीमान राजेश महतोलाई पक्राउ गरेको छ । मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा प्रहरीले साह दम्पत्तीलाई पक्राउ गरेको हो ।

गायत्रीले. फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् । जन्मिएको शिशुमा डाउन सिन्ड्रोम रहेको थाहा पाएपछि अस्पतालले पूर्वसूचना नदिएको र उपचारका क्रममा लापरबाही गरेको कारण डाउन भएको बच्चा जन्माउनु परेको आरोप उनीहरुले लगाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालले भने यस्तो हुनुमा अस्पतालको लापरबाही नरहेको भन्दै चैत २१ गते डिस्चार्ज गरिदिएको थियो । तर डिस्चार्जपछि साह दम्पतीले बच्चा लिन मानेनन्। बच्चा लिन नमानेपछि अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।