इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय अगाडी महिलाहरुको विवाद कुटाकुट भएको छ । इनरुवाकै एक महिला श्रीमान बिदेश भएको अबस्थामा सम्पर्क बिहिन बनेको र अहिले श्रीमान बिदेशबाट फर्किन लाग्दा घर आएको बिषयको विवादको छलफल हुदा नाताले सम्दी, सम्दिनी बिच कुटाकुट भएको हो ।

छलफलकै क्रममा कपाल भुतल्याउदै लडाएर कुटपिट गरिएको छ । कुटपिटबाट महिला बेहोस भएको पत्रकार बेदराज पौडेलले बताए । महिलाहरु बिच कुटाकुट भएकोे तस्विर र भिडियो समेत पौडेलले कैद गरेका हुन । सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएको बिषयमा सम्दी सम्दीनी बिच प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भनि जिप्रका आएका थिए । तर प्रहरी कार्यालय अगाडीको बिद्यालयमै दुवै पक्ष बिच विवाद हुदा कुटाकुट गर्ने महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।