कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्री गगन थापालाई फिर्ता बोलाउने तयारी थाले पछि काग्रेस वृत्तमा हल्लीखल्ली मच्चिएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई मन्त्री बनाउनका लागि गगनलाई फिर्ता बोलाउने देउवाले तयारी थालेसँगै कांग्रेसी वृत्तमा असन्तृष्टी चुलिएको छ । प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकका अध्यक्षलाई सरकारमा सहभागी गराउनका निम्ति एउटा मन्त्रालय छाडिदिनु पर्ने प्रस्ताव देउवासँग राखेसँगै सभापति देउवाले गगनलाई स्वास्थमन्त्रीबाट फिर्ता बोलाएर सो मन्त्रालय गच्छदारलाई जिम्मा लगाउने तयारी गरेका हुन । संविधान संशोधन प्रस्तावका पक्षमा दुई तिहाई बहुमत जुटाउन फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी बनाउन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री थापालाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पहिलो प्राथमिकतामा भौतिक पुर्वाधार र स्वास्थ्य गरी दुई मन्त्रालय रहेका छन् । तर उनको माग अनुसार भौतिक पुर्वाधार दिन देउवा तयार नभएपछि उनलाई उपप्रधानमन्त्री सहित सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन् । थापाले सम्हालिरहेको स्वास्थ्य मन्त्रालय भने गच्छदारले पार्टीका महासचिव रामजनम चौधरीका लागि माग गरेका हुन । चौधरी यसअघि पनि केपी शर्मा ओलीको सरकारमा रहँदा स्वास्थ्य मन्त्री थिए । कांग्रेस नेताहरुका अनुसार रमेश लेखकलाई फिर्ता बोलाएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिनु भन्दा पार्टी गगन थापालाई नै फिर्ता बोलाउने देउवाको दाउ छ । यो विषयमा मन्त्री थापासंग सभापति देउवाले छलफल समेत गरिसकेका छन् ।
लौ हेर्नुहोस अब सरकार टिकाउन के के खेल हुन्छ
सवाल नेपालसंवाददातासोमबार, २८ फागुन २०७३

लौ हेर्नुहोस अब सरकार टिकाउन के के खेल हुन्छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



