काठमाडौं । संघीय समावजवादी फोरम र नयाँ शक्ति नेपाल पार्टीबीच एकता सभा शुरु भएको छ । राजधानीको कमलादीमा रहेको पार्टी केहीबेरअघ शुरु भएको पार्टी एकता कार्यक्रममा दुवैपार्टीका विभिनन नेताहरुले मन्तब्य राखिरहेका छन् । शनिबार शान्तिनगरमा बसेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजनक बाबुराम भट्टराईबीचको बैठकले आज पार्टी एकताको घोषणा गर्ने जानकारी दिनुभएको थियो ।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएको छ । पार्टीको झण्डा पहिलाको संघीय समाजवादी फोरमकै राखिएको छ भने चुनाव चिन्हको टुङ्गो अझै लाग्न सकेको छैन । पार्टीले त्यसको बारेमा पछि जानकारी गराइने बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता पछि उपेन्द्र यादवले सरकार छोड्ने भन्ने सहमति भएको भनेर बाहिर हल्ला भइरहेको छ । तर पार्टीले अहिले नै सरकार छोड्ने मनस्थिति नबनाइसकेको नयाँशक्ति पार्टी, नेपालका तर्फबाट पार्टी एकताको वार्ताको संलग्न गंगा श्रेष्ठले जानकारी दिनुभयो ।