काठमाडौँ । बैशाख २४ गते मंगलबार डिभी चिट्ठाको नतिजा सार्वजनिक हुने भएको छ।सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा ९डीभी०को नतिजा भोली बेलुका सार्वजनिक हुने भएको हो ।गत वर्ष असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म डिभी भरेकाहरुले हरुको नतिजा मंगलबार १ण् बजे पछी हेर्न सकिनेछ ।
अमेरिकी दूताबासका अनुसार सन् २०२० मा अमेरिका प्रवेशका लागि डिभी भरेकाहरुले मंगलबार ९ बजेर ४५ मिनेट पछि नतिजा हेर्न सक्नेछन् ।नतिजा हेर्नको लागि www.dvlottery.state.gov मा जानु पर्ने हुन्छ। डीभी भर्दा प्राप्त भएको कन्फरमेशन नम्बर आवस्यक पर्दछ ।उक्त कन्फरमेशन नम्बर हालेर चिठ्ठाको नतिजा हेर्न सकिनेछ ।डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत कुनै पनि जानकारी गराईदैन।











