क्वालालम्पुर, मलेसिया । आठ वर्ष अगाडि रोजगारका लागि मलेसिया गएका एक नेपाली युवाको ज्यान गएको छ।

मलेसियाको प्रतिष्ठित डब्लुआरपी कम्पनीमा काम गर्दै आएका  रुकुमका नवीन कुमार मल्लको ज्यान गएको हो। मल्लको उपचारमा ध्यान नदिँदा ज्यान गएको त्याहाँ रहेका नेपालीहरुले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही समय अगाडिदेखि नै अस्वस्थ हुँदै आएका उनले सामान्य मेडिकलमा चेकजाँच गरी औषधी खाँदै आएको र पछिल्लो समय सिकिस्त भएका मल्ललाई अस्पताल लैजाँदै गर्दा मे १ तारिखका दिन ज्यान गएको हो।

अहिले उनको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ। मलेसियामा पछिल्लो समय ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ।