मोरङ। मोरङको सुन्दर हरैँचा नगरपालिका८ सलकपुरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा झापा मेचीनगर नगरपालिका २ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।











