काठमाडौं।आजकल कालो चियाको प्रयोग बढी हुन थालेको छ । यस्को प्रमुख कारण भनेको सेतो चियामा हुने खराब तत्वले ग्याष्ट्रिक उत्पादन गर्दछ भन्ने जन चेतनामा बृधी हुनुलाई प्रमुख रूपमा लिइएको छ ।
कालो चिया अर्थात् ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् ।
भारत, नेपाललगायतका देशमा चिनीji राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।
कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् ।
अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।
प्राय: मानिसले आफ्नो दैनिकीको सुरुवात नै चियाको चुस्कीबाट गर्छन्। दूधको चिया नपिउने कतिपयले कालो चिया पिउने गर्छन्।
कतिपयले दूधको चियाले पेटमा अप्ठ्यारो पर्ने भएर पनि कालो चिया सेवन गरेको पाइन्छ तर कालो चिया स्वास्थ्यका लागि पनि उति नै फाइदाजनक भएको विज्ञहरू बताउँछन्।
नियमित कालो चिया सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्नुका साथै यसले मुटुलाई स्वास्थ्य राख्न पनि ठूलो सहयोग गर्छ।
कालो चियामा प्रचुर मात्रामा हुने फ्लेवनाइड र क्वार्सटिनले रक्त धमनीलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै यसले मुटुको धमनीसम्बन्धी रोगबाट समेत बचाउँछ। कालो चियामा हुने फ्लेवनाइड एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा भिटामिन सीको परिपूर्ति गरिदिन्छ।
यति मात्र नभई कालो चियामा हुने फ्लेवनाइडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ। विशेषज्ञका अनुसार फ्लेवनाइड उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लिरोसिस (धमनीको कडापन)को समस्या कम गर्नसमेत सहयोग गर्छ।
चिया नेपाली समाजको जीवनशैली नै हो। अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छन्। स्वादका कारण पनि निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन्। तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

बिहानै कालो चिया पिउनुका ५,फाईदा :
कालो चिया भने निकै उपयोगी। कालो चियाले शरीरलाई स्वस्थ राख्नुका साथै क्यान्सरजस्तो रोगबाट समेत जोगाउन सहयोग पुर्याउँछ। यी हुन्।
कालो चियाका पाँच फाइदा:
तौल मेन्टेन : कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ। जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन। तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ। कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ। जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ।
व्यवस्थित पाचन प्रणाली : कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ। जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ। कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ।
हुँदैन हर्ट स्ट्रोकको खतरा : नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ। जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ। अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ। कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ।
रोगप्रतिरोधी क्षमता बढाउँछ : कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ। यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ। किनभने, कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ। यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ।
क्यान्सरबाट जोगिन : कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ। यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ।



