दमक/झापाको दमकमा हिजो दुर्घटना भएको छ । दुर्घटनामा एक महिला बृद्ध घाइते भएकीछन् । जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ-

मिति २०७६/०१/२३ गते १६:३५ बजेको समयमा जि. झापा दमक न.पा.-९ चियाबगान स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे ११ प १०३० न. को मोसाले बाटो क्रस गर्ने क्रममा पैदलयात्री जि.झापा दमक न.पा.-९ बस्ने वर्ष ६२ कि जगुमाया मगरलाई ठक्कर दिई घाईते बनाएको हुँदा घाईतेलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएको, मोसा चालक जि.झापा दमक न.पा.-८ बस्ने वर्ष २५ को दिनेश भट्टराई उपचारमा संलग्न रहेको, मोसा प्रहरीको नियन्त्रणमा । घाईतेलाई थप उपचारको लागी ऐ.१७:०० बजे विराटनगर नोबेल रेफर गरेको ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड