काठमाडौँ । जागिर खोज्न काठमाडौँ आएका एक युवक मृत अवस्थामा फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिकाका २२ वर्षीय युवक लोक बहादुर महत भक्तपुरको गोठाटारमा मृत फेला परेका हुन् ।

गोठाटारमा एक सातादेखि साथीसँग बसिरहेका महतको शव नजिकैको ग्यारेजको डण्डीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि थप अनुसन्धानपछि मात्रै सत्य खुल्ने जनाएको छ ।मृत फेला परेका महतले राति अबेरसम्म फोनमा कुरा गरिरहेको उनका साथी प्रज्वल मेहताले बताए ।

‘राति अबेरसम्म फोनमा कुरा गरिरहेको थियो, पछि म निदाइसकेको रहेछु, कतिबेला घटना भयो थाहा भएन, बिहान हुँदा यस्तोे घटना थाहा पाएँ’ मेहताले भने ।मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।