बिदेशमा रहेका श्रीमानलाई कुर्दा कुर्दा जवानी रित्तेला जस्तो भयो, फेरी दोस्रो बिहे पनि के भनि गरौ ? लिबाङ: ‘तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ। कुर्दाकर्दै जवानी रित्तियो,’ लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भनिन्।

उनको गुनासो थियो,’त्यतिबेला जिल्लामा अहिलेको जस्तो सहज वातावरण थिएन। दिनदहाडै गोली चल्थ्यो, बिहान घरबाट बाहिर निस्केको मान्छे साँझ घर फर्कन्छ कि फर्कंदैन भनेर घरपरिवारलाई दिनभरि चिन्ताभइरहन्थ्यो।

’देशमा काम गर्ने वातावरण नभएपछि सशस्त्र युद्ध चलिरहेका बेला थापाका श्रीमान् ढाँटे थापा आजभन्दा करिब १४ वर्ष पहिले वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका थिए।

घरबाट बिदाबारी भएका आफ्ना श्रीमानलाई नेपाली सेनाले आतङ्ककारीको अभियोगमा रोल्पाको होलेरीमा हत्या गर्यो भन्ने हल्ला थापा छरछिमेकबाट पाए पनि आजसम्म आधिकारिक जानकारी आएको छैन।आजभन्दा २० वर्ष पहिले प्रतिमा थापाको हरिगातिना रोल्पाका ढाँटे थापासँग मागी विवाह भएको थियो। विवाहपछि श्रीमानसँग करिब साढे दुई वर्षमात्रसँगै बसेको बताउने थापाको हाल एउटा १७ वर्षको छोरा र ७५ वर्षकी वृद्ध सासूआमा छन्।

‘परिवारको खुसी र रोजीरोटीका लागि उ वैदेशिक रोजगारीमा हिँडेको थियो तर राज्यले हाम्रो खुसी देख्न चाहेन।’ आक्रोशित थापाले भनिन्, मेरा श्रीमानले कस्को के बिगारेका थिए र हामीलाई किन यत्रो सजाय?’

उनको एउटै प्रश्न छ राज्यसँंग।बेपत्ता परिवारका लागि राज्यले दिएको राहत मात्र पर्याप्त नहुने उनको भनाइ छ।हामीलाई हाम्रा बेपत्ता सदस्यका बारेमा राज्यबाट आधिकारिक जानकारी चाहिन्छ। ‘कि लास देखाऊ कि सास देखाऊ अनि मात्र हाम्रो मन बुझ्छ ।

बेपत्ता पारिएकाको आत्माले शान्ति पाउँछ छ,’ थापाले भनिन्।हिँड्ने बेलामा श्रीमान्ले भनेका कुरा सम्झिएर दोस्रो विवाह गर्न नचाहेको उल्लेख गर्दै उनले स्मरण गरिन्– “गर्भको बच्चा जम्मियो भने राम्ररी स्याहार सुसार गर्नु आमाको ख्याल गर्नु।

देशको यो अवस्था छ म दुई तीन वर्षपछि मात्र फर्कन्छु होला। बिदेसिनु मेरो रहर होइन बाध्यता हो। धेरै कमाएर फर्किएँ भने सुखले जीवन काटौँला।”सुखसँग जीवन बिताउने सपना देखाएर हिँडेका श्रीमान्को पर्खाइमा थापाका १४ वर्ष त्यसै बिते।कमाउने मान्छेको अत्तोपत्तो छैन सासूआमा बूढी हुनुहुन्छ छोरा सानो छ। आफ्नो आयस्रोतको बाटो छैन।

राहतबाट आएको सानो रकम खाँदैमा सकिन्छ बाँकी जीवन कसरी चलाउने उनी अन्योलमा हुन्छिन्।थापाले भनिन्,’योभन्दा अझ असह्य पीडा त छोरो सानो हुँदा उसले बाबा खै भनेर प्रश्न गर्दा हुन्थ्यो। चाडपर्व आउँदा छोराले बाबा सम्झन्थ्यो।

उसले मसँग बाबा किन दसैँमा घर आउनुभएन आमा भनेर प्रश्न गर्दा मन छियाछिया हुन्थ्यआज मैले कोसँग यो प्रश्न गरुँ मेरा श्रीमान् खै भनेर? राज्य कतिञ्जेल बेखबर रहन्छ ?

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah