धनुषा । धनुषामा एक नाबालकको अपहरणपछि निर्मम हत्या गरिएको छ । यहाँको मिथिला नगरपालिकामा साढे दुई वर्षीय नाबालक आर्यन साहको हत्या भएको हो । स्थानीय शम्भु साहका छोरा आर्यन सोमबार साँझदेख बेपत्ता भएकोमा आज मंगलबार विहान उनको शव फेला परेको हो ।

मिथिला नगरपालिका–६ ढल्केवरबाट बेपत्ता आर्यनको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । उनले भने, ‘आर्यनको शव शवको प्रकृति निकै दर्दनाक देखिन्छ । आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार साँझ घरमै खेलिरहेको बेला परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएका थिए । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए ।

पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो । बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन ।