भद्रपुर । नहरको ड्याममा डुबेरमा मंगलबार झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ४ बस्ने ७० वर्षीया दीपामाया गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार कनकाई सिंचाइ आयोजनाअन्तर्गत शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा नजिकैको नहरको ड्याममा डुबेर वृद्धाको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कसरी डुबेर मृत्यु भएको कारण भएन खुलेकोे छैन। शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।