गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा बढी पसिना आउने हुँदा यसले हाम्रो शरीरलाई असर गर्छ। पसिनाका कारण ऐक्सेसिम स्वेटिङ नामक रोग लाग्न सक्छ।
शरीरबाट बढी पसिना निस्किएर छाला लगातार भिजिरहे त्यो आफैँमा एक प्रकारको रोग बन्छ। गर्मी मौसममा चर्काे घामका कारण हामीलाई छालाजन्य विभिन्न रोग पनि लाग्ने गर्छन्। गर्मीबाट शरीरलाई जोगाउन उपाय केही उपाय हेरौँ।
पसिनाबाट बच्ने उपाय:
– नुहाउँदा सादा फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने । गर्मी मौसममा दिनको दुई पटकसम्म गुणस्तर र वास्नायुक्त साबुन प्रयोग गरेर नुहाउने
– नुहाउने पानीमा निमको पात उमालेको पानी मिसाएर नुहाउने, – नुहाउने पानीमा कागती वा डिटोल पनि प्रयोग गर्न सकिन्छ, – जुत्ता लगाउनुअघि पाउडर हाले पसिना आउँदैन, – लुगा खोल्नासाथ पट्याएर नराख्ने, किनकि पसिना गुम्सिएर गन्हाउन सक्छ
– निमयुक्त साबुन र बडीवासको प्रयोग गर्ने, – पसिनाको गन्धबाट मुक्ति पाउन बास्नादार परफ्युम तथा बडीस्प्रेको प्रयोग गर्ने, – अनुहारमा मलमलको कपडामा आइसका केही टुक्रा राखी हल्कासँग रगड्ने
– गर्मीमा ज्यादा भद्दा मेकअप नगर्ने, भद्दा मेकअपलाई पसिनाले बगायो भने अनुहार ज्यादै फोहोरी देखिन्छ ।
घामबाट बच्ने उपाय
– बाहिर निस्कँदा बडी लोसन, सनस्किन क्रिमको प्रयोग गर्ने, – फुल स्लिप भएको कपडा लगाउने । जसका कारण घामले छाला डढ्ने समस्याबाट जोगिन सकिन्छ।
– अनुहारको सुरक्षाका लागि सनग्लास र माक्स प्रयोग गर्ने, – समय–समयमा सफा रुमालले अनुहार पुछिरहने, – घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग पनि गर्न सकिन्छ,
– आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सक तथा दक्ष ब्युटिसियनसँग परामर्श लिएर मात्र सनस्किन क्रिम र लोसनको प्रयोग गर्ने। प्रस्तुति : मनिषा रायमाझी










