राजधानिकै अति ब्यस्त मानिने बालाजु स्थित नयाँबसपार्क क्षेत्रमा रहेको एकमात्र आकासेपुल समेत फुटपाथ ब्यापारिहरुले कब्जा गरेका छन्।

काठमाडौको नयाँबसपार्क क्षेत्रमा बाटो आवतजावतका लागि बनाईएको उक्त पुल पछिल्लो समय भने त्यहाँका फुटपाथ ब्यापारिहरुले कब्जा गर्ने गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसकारण आकासेपुलमा ओहोरदोहोर गर्ने यात्रुहरुलाईभने थप असहज बन्न थालेको छ ।

काठमाडौ महानगरले स्मार्ट सिटिको परिकल्पना अनुरुप राजधानी क्षेत्र भित्रका सबै फुटपाथ ब्यापारीहरुलाई हटाई थप व्यबस्थित बनाइने घोषणा गरेको भएता पनि महानगरकै बेवास्ताका कारण सहर अँझै व्यबस्थित बन्न सकेको छैन।

फुटपाथ ब्यापारीहरुको सामान्य व्यबस्थापन समेत गर्न नसकेको महानगर बाट जनताले कस्तोखाले स्मार्ट सिटिको परिकल्पना गर्ने हो,त्यो भने हेर्न बाँकीनै छ ।