पथरी । पथरीकी रिना बस्नेतको मृत्यु लडेरै भएको प्रहरीले बताएको छ । रिनाको मृत्युको खबर हत्या भएको भन्दै स्थानीयले दावी गरिरहे पनि प्रहरीले भने रिनाको मृत्यु घरबाटै लडेर मृत्यु भएको दाबी गरेको छ ।

प्रहरी अनुसन्धानले रिनाको हत्या भन्दा पनि लडेरै मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्ट पछि प्रहरीले रिनाको हत्या भन्दा पनि लडेरै भएको हुन सक्ने अनुमान गदै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङ जिल्ला प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले भने घट्नालाई गम्भिरता पूर्वक हेरिरहेको भन्दै कोठाबाट नुहाउने क्रममा लडेको हुन सक्छ । छातीमा गम्भिर चोट समेत लागेको कारण माथीबाटै झरेको देखाउछ उनले भने । पोष्टमार्टम रिपोर्टले हत्या र बलत्कार नभएको पुष्टि हुन्छ उनले भने । संचारपाटि बाट साभार