दमक/झापाको राजगढमा सत्र बर्षअघिदेखि साङ्लोमा बाधिएका एक युवा बल्ल साङ्लोमूक्त भएकाछन् । २० बर्षिया लीलाप्रसाद चम्लागाइ सानै उमेरदेखि साङ्लोमा बाधिन बाध्य भएकाहुन् । चम्लागाँइकी आमा जानुकाका अनुसार बाल्यावस्थादेखि नै सुस्तमनःस्थिति भएका लीला बोल्दैनन । उनको दाहिने हात पनि चल्दैन । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नफर्कने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताइन् । यस घटनाको बिषयमा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय झापाको ध्यानकर्षण भएको थियो । त्यस लगत्तै मंगलवार साहयक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी सहितको टोली गएर उनलाइ उद्धार गरेको हो ।