काभ्रे। स्थान काभ्रेको धुलिखेल नगरपालिकास्थित देवीथानस्थित डाँडा । एक्कासि सुरक्षाकर्मीहरुको दौडधुप चल्यो । हल्ला थियो भर्खर विमान दुर्घटना भयो । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान उद्धारका लागि दौडिए ।

नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि तत्काल आइपुग्यो  । उनीहरु भन्दै थिए, तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको ट्वीनअटर विमान दुर्घटनामा पर्यो । उनीहरुले तत्काल घाइतेहरुको उद्धार समेत गरे । तर त्यो दृष्य यथार्थ थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना हुँदा आपतकालीन अवस्थामा तत्काल कसरी उद्धार गर्न सकिन्छ र त्यस्तो बेला प्रभावकारी काम कसरी गर्न सकिन्छ भन्ने पूर्वाअभ्यास थियो । नागरिक उड्ड्यन प्राधिकरणले यो पूर्वाअभ्यास प्रत्येक वर्ष गर्ने गरेको छ ।