पछिल्लो समय ढाड, गर्धन, कम्मर तथा घुँडा दुख्ने रोगका बिरामीहरु बढी देखिन थाल्छन् । हाम्रो आनीबानी र उमेरको कारण यस्ता रोगहरु लाग्ने चिकित्सकहरुको भनाई छ ।

उमेर बढ्दै गए पछि हाड खिईने, नसा च्यापिने हुँदा समस्या पर्न सक्छ त्यसको लागि उमेर छदैमा सवाधानी अपनाएमा छुटकारा पाउन सकिने बरिष्ठ हाड जोर्नी तथा बाथ रोग बिशेषज्ञ सन्दिप भण्डारीको भनाई छ ।

उहाँका अनुसार हामीले दैनिक प्रयोग गर्ने कुर्चिको बसाईले पनि शारिरिक समस्या ल्याउन सक्छ । लामो समय कुर्चिमा बस्दा पनि ढाडको समस्या हुने उहाँले बताउनु भयो ।

बच्चामा ढाड दुख्ने भन्ने समस्य कम हुने हुँदा जति उमेर बढ्दै गयो त्यति ढाडको समस्या हुन जान्छ । पछिल्लो समय घुँडा खिईएपछि फेर्ने प्रचलन बढेको भन्दै सम्बन्धीत चिकित्सको सल्लाहमा मात्र घुँडा फेर्न उहाँको सुझाब छ । हेरौं उहाँसंग गरिएको यो कुराकानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय