हामीले संसारका निकै क्रूर र तानाशाही शासकहरूबारे पढेका र सुनेका छौं । खास गरी शासक वर्गले आफ्ना इच्छा पूरा गर्न र शक्ति जमाउन अमानवीय तरिकाले राज गर्ने गरेको पाइन्छ ।

आज हामी यस्तै एउटा शासकबारे जानकारी दिएका छौं ।संसारका थुप्रै सनकी शासकबाट निर्दोष जनताले बेकारमा ज्यान गुमाएका छन् । उनीहरूको रगत पानीसरी बगेको छ । ब्लेड ड्राकुला एक त्यस्तै शासक हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्लेड रोमानियन साम्राज्यका निकै खतरनाक तानाशाही राजा थिए । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धताका उनले निकै ठूलो क्रूरता देखाएका थिए ।

त्यसबेला उनले हजारौंको संख्यामा महिला तथा बालबालिकाको निकै क्रूतापूर्वक हत्या गरेको इतिहासमा उल्लेख छ । यतिसम्म कि, उनले साना–साना बालबालिकालाई समेत बली चढाएका थिए ।

ती शासक हेर्दा पनि निकै डरलाग्दा रूपका थिए । उनको रूप हेरेरै मानिसहरू डराउँथे । मानिस तर्सिन उनको नामै काफी थियो ।रोमानियन हिंसाप्रति निकै आशक्ती राख्ने शासक थिए । उनी मानिस मार्न र मरेको हेर्न उत्साहित हुन्थे ।

यतिसम्म कि, उनले मन नपरेका मानिस खाली जग्गामा सुत्न लगाएर निकै निर्मम तरिकाले हत्या गर्थे । उनी दौडाई–दौडाई मानिस मार्नमा खुब मजा मान्थे । उनी मानिसको रगत नदेखी वा मानिस नमारी कुनै दिन सन्चोसँग निदाउदैनथिए भन्ने इतिहासमा उल्लेख छ ।

यी शासकलाई कहीं कतै ‘दि इम्पलर’को नामले पनि चिनिन्छ । उनलाई शासकभन्दा पनि बढी हत्याराका रूपमा इतिहासमा दर्ज गरिएको छ । यो दाबी गरिन्छ कि, उनले भ्यालेन्सिया राज्यका झन्डै एक लाख मानिसलाई क्रूर यातना दिएरै हत्या गरेका थिए ।यति क्रूर शासकको सन् १४७६ मा यी मृत्यु भएको थियो ।

उनको मृत्युपछि राज्यका लाखौं जनताले महिनौंदनसम्म खुसीयाली र उत्सव मनाएका थिए । त्यसपछि उक्त राज्यमा फेरि त्यत्ति तानाशाही शासक जन्मिएनन् ।