ललितपुर, १ चैत । सभामुख ओनसरी घर्तीले खोकनास्थित रुद्रायणी माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको आज उद्घाटन गर्नुभयो ।

फ्रान्सको इपिएस क्लबको सहयोग र स्थानीय सहरी वातावरण व्यवस्थापन समाजको व्यवस्थापनमा रु दुई करोड ६० लाखको लागतमा निर्मित सो भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

नयाँ भवनमा विज्ञान प्रयोगशाला समेत छ । सभामुख घर्तीले अभिभावकको चाहना र समयको माग अनुसार वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने बताउनुभयो ।

एक सय १७ वर्ष पुरानो सो विद्यालयमा हाल २५० विद्यार्थी छन् । गत वर्षको प्रवेशिका परीक्षामा सो विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आगामी दिनमा शिक्षाको गुणस्तर खस्कन नदिने दृढता प्रधानाध्यापक बाबुराम थापाले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah