काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर विद्यासुन्दर शाक्यले कसैलाई थाहा नदिई महानगरको एक अर्ब रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाउनुभएकाे छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित कांग्रेस जागरण अभियानमा शुभारम्भ कार्यक्रममा  उहाँले साे आरोप लगाउनुभएकाे हाे ।

मेयर शाक्यले व्यक्तिगत खाता राख्नुभएकाे एक अर्ब रुपैयाँ आफूले पनि लामाे समय पछि मात्रै थाहा पाएकाे पनि उपमेयर खड्गीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘महानगरपालिकाको एक अर्ब बजेट उहाँले कसैलाई थाहै नदिई व्यक्तिगत खातामा राख्नुभएछ, लामो समयपछि मात्र थाहा पाएँ । उहाँको यो कार्य देखेर छक्क परेकी छु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले मेयर जस्ताे आफू असंस्कारी नभएकाे समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म मेयरसाप जस्तो असंस्कारी होइन, उहाँ त निधारमा चन्दन लगाएर पशुपति पनि पुग्नुहुन्छ, बौद्ध पनि पुग्नुहुन्छ, सम्पदा मास्न लागिपर्नुभएको छ ।

कार्यक्रममा उहाँले खुलामञ्चमा पसल राख्ने कार्यको विरोध गर्दा पनि मेयर शाक्यले केही प्रतिक्रिया नदिएको आरोप लगाउनुभयाे ।