दमक/झापाको क्षेत्र नं. ४ लाइ लक्षित गरेर संघीय साँसद एलपी साँवा सहित यस क्षेत्रका साँसद र जनप्रतिनिधिहरुको पहलमा मुटु जोगाउ अभियान शुरु गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अन्र्तगत भोली बैशाख २७ गते शुक्रबार ध्रुबतारा आधारभूत माबि दुधे र २८ गते शनिबार नयाँ स्वास्थ्य चौकी सुरुगामा मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराइको नेतृत्वमा बृहत स्वास्थ्य शिबिर हुँदैछ ।

मुटुका बिरामीहरुले यहा सहजै बिशेषज्ञ सेवा नपाउने भएकाले यसका लागि आवश्यक उपकरण सहित स्वास्थ्य शिबिर हुन लागेको साँसद साँवाले बताए ।

उनका अनुसार यसलाइ महत्वपुर्ण अभियानको रुपमा अगाडि बढाइएको र सोहि अनुसार तयार गरिएको पनि उनले जनाए ।

संयोजन समितिमा साँवा, प्रदेश सभा सदस्य हिरा थापा, झलकसिंह दर्लामी, शिवसातसी नगर प्रमुख चन्द्रकुमार शेर्मा र कन्काइ नगरप्रमुख राजेन्द्र पोखरेल आँफै रहेकाछन् ।