काठमाडौँ,२६ वैशाख । काठमाडौँको बौद्ध जोरपाटीमा सडकमा आज स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले विहानै बौद्ध जोरपाटी सडकखण्डको काम करिब ४ वर्षदेखि हुदै आएपछि समयमा मर्मत सम्भार नभएको भन्दै सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए । त्यसका साथै टायर समेत बालेर प्रर्दशन गरेका थिए ।
त्यसपछि प्रहरीले प्रर्दशनकारीलाई हटाउने क्रममा स्थानीय र प्रहरीबीच झपड भएको टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए । साथै प्रर्दशनकारीले बौद्धको बजार समेत बन्द गरेको सवेदीले बताए । अहिले स्थिति सामान्य भैइसकेको छ ।











