दमक÷नेकपा एमालेका अध्यइा एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेले मूलकमा हिँसा मच्चाउन चाहानेहरुले त्यो नपउदा छटपटि भएको बताएकाछन् । मूलकलाइ तहसनहस बनाउने दाउमा रहेका अपराधिक समुह अहिले सक्रिय रहेको र एमालेमाथि धावा बोलिरहेको जनाउदै ओलीले यस्तो बताएकाहुन् । मेची महकाली राष्ट्रिय अभियानलाइ सम्बोधन गर्दै ओलीले भने–‘हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गरयो । त्यही भएर कतिपयलाई छटपटी भएको छ ।’
देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम रहेको ओलीको भनाइ रहेको थियो । तिनै नीतिहरुका कारण आज एमाले लोकप्रिय बनेको जनाउदै ओलीले भने– ‘एमालेलाई काला झण्डा हेर्ने फुर्सत छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ । केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ ।’ ओलीले मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको जनाउदै मान्छे मार्न र मराउन छाडेर एमालेको अभियानमा हिठन् आग्रह गरे । उनले भने–‘म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् ।’
मधेशी मोर्चाका नेताहरु बारम्बार भारत जाने गरेको बिषयमा टिप्पणी गर्दैै ओलीले भने–‘मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन् । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफै्रँ गएकै छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah