मुम्बई।  फिल्म ‘जज्बा’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री प्रिया बनर्जी यतिबेला वेबसीरीजलाई लिएर चर्चामा छन्। प्रिया बनर्जी आफ्नो बोल्ड अन्दाजका कारण चर्चामा आएकी हुन्। केही दिन अगाडि उ्क्त वेब सीरीजको ट्रेलर सार्वजनिक भएको थियो।

प्रियाले आप्नो अध्ययन क्यानडाबाट पूरा गरेकी हुन्। २०१२ बाट उनी क्यानडाबाट मुम्बई आएर अनुपम खेरको अभिनय स्कुलमा अध्ययन गरेकी थिइन्। नवलीन चक्रवतीको बेस्टसेलर ‘ब्लयाक सुट यू’ अडप्शिन यो वेब सीरीज हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रियाले यसअघि आल्ट बालाजीसँग ‘बारिश’ सीरीजमा पनि काम गरिसकेकी छन्। बारिशमा उनी शरमन जोशीकी बहिनीको भूमिकामा देखिएकी थिइन्।  प्रिया बनर्जीले आफ्नो करियरको सुरुवात तेलुगू फिल्म ‘किस से’ बाट सुरु गरेकी थिइन्।