सप्तरी । १२ कक्षाको परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने तीन विद्यार्थीमाथि प्रहरीले मुद्दा चलाएको छ। दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डलविरुद्ध जिल्ला अदालतबाट ‘परीक्षामा मर्यादाविपरीतको कसुर’मा मुद्दा चलाइएकाे हाे ।

प्रहरीका अनुसार परीक्षार्थी सरदारले मोबाइलको इन्टरनेट डाटा खुला राखेर इमोमार्फत् गणित विषयको प्रश्नपत्र पठाएर त्यसको उत्तर प्राप्त भएपछि तीन जनाले चोरी गरेर उत्तर लेखेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वैशाख १५ देखि सञ्चालित कक्षा १२ को मंगलबारको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गएिको थियाे ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र कन्द्राध्यक्षसहितको टोलीले अनुगमन तथा जाँचको क्रममा सिम्बल नम्बर २१५०१२३१ रहेका सरदार, २१५०१२३२ का हुमागाईँ र २१५०१२३३ का मण्डललाई इमोबाट चिट चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।