काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई बेवारिसे अवस्थामा छोडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह अनशन बस्नुभएको छ ।
मेडिसिटीमा प्रसुति भएकी साहले बच्चालाई डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालको गल्ती देखाउँदै बच्चा छोड्नुभएको थियो । आफ्नो शिशुलाई अस्पतालले संरक्षण गर्नुपर्ने भन्दै साहले अडान लिनुभएको थियो ।
यता, पक्राउ परेका साह र उनका श्रीमानविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १८४ को व्यवस्था अनुसार मुद्दा दायर गरेको छ । उनीहरू विरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । जनता समाचार बाट साभार










