मेष – घरायसी समस्या देखिनेछ । पढाइमा सफलता मिल्ने एवम आम्दानीको योग राम्रो देखिन्छ । कारोबार फाईदा एवम सांगितिक क्षेत्रबाट प्रशंसा मिल्नेछ । यात्रामा खर्च, वादविवादमा वृद्धि एवं समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार देखिन्छ ।
वृष – खुशीको खवर मिल्नेछ । मित्रजनबाट सहयोग मिल्ने एवं पारिवारिक तनाव रहनेछ । साताको मध्यमा स्वास्थ्यमा बाधा आउनेछ । अन्त्यमा भने अध्ययनमा प्रगति एवं राजनीतिक लाभ मिल्नेछ ।

मिथुन – धनको व्यापारको कारोबार बढ्नेछ । वाणीले प्रभाव पार्नेछ । जिम्मेवारी थपिने एवं पारिवारिक स्वास्थ्यमा भने समस्या आउनेछ । जग्गा जमिनबाट फाईदा मिल्नेछ । मिष्ठान्न भोजनको योग एवं सन्तानबाट सुख रहनेछ ।
कर्कट– यात्राको योग बन्नेछ वैदेशिककाममा फाइदा हुनेछ । मनमा प्रशन्नता आउनेछ । साथी भाइको सहयोग बढ्ने एवं दाजुभाइबाट फाईदा मिल्नेछ । नोकरीमा प्रगति देखिन्छ । प्रेमी प्रेमिकाबीच सम्बन्ध बढ्नेछ । अध्ययनमा भने कमजोरी एवं खर्चमा भने वृद्धि हुनेछ ।
सिंह– काममा व्यस्तता आउनेछ । खर्चले तनाव गराउनेछ । आत्मप्रशंसा बढ्ने एवं रोजगारीमा फाइदा मिल्नेछ । साताको मध्यमा अध्ययनमा प्रगति एवं काममा फाइदा मिल्नेछ । अन्त्यमा भने सम्पतिको जोहो एवं भोजनको सुख मिल्नेछ ।

कन्या– साथीभाइको सहयोगले काम बन्न्नेछ । सोचेको कुरा पूरा हुनेछ । पेटको समस्या एवं जीवनसाथीसँग मनमुटाव रहनेछ । सवारी सुख प्राप्ति एवं मनोरञ्जनमा खर्च हुनेछ । वैदेशिक काममा फाइदा एवम रोजगारीमा अवसर मिल्नेछ ।
तुला– मान सम्मान पाइनेछ आम्दानी बढ्नेछ । जग्गाजमिनबाट फाईदा एवम काममा प्रशंसा मिल्नेछ । व्यापारमा फाईदा एवम अरुबाट सहयोग मिल्नेछ । खुट्टाको समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा बाधा, खर्चमा वृद्धि एवं मानसिक चोट पुग्नेछ ।

वृश्चिक– परोपकारमा रुचि जानेछ । कार्यको प्रगति देखिनेछ ,राजनीतिक लाभ मिल्नेछ । सञ्चित धन बढ्ने एवं घरायसी कारोबारबाट फाइदा मिल्नेछ । पेटको समस्या एवं सन्तानको स्वास्थ्यमा बाधा आउनेछ । शत्रुसँग विजय एवं आम्दानीले राम्रो साथ दिनेछ ।
धनु – पारिवारिक कलह हुनेछ चिसोले बाधा उत्पन्न गर्नेछ । टाढाको यात्रा एवं अधुरा कार्य पूरा हुनेछ । शरीरमा विसञ्चो एवम मनमा अशान्ति रहनेछ । स्त्री पक्षबाट फाइदा एवं भेटघाटमा रमाइनेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ र प्रशंसा मिल्नेछ ।

मकर वैदेशिककाममा राहत मिल्नेछ । मनोरञ्जनमा खर्च हुने, पारिवारिक भेटघाट हुने अवसर मिल्नेछ । साताको मध्यमा भने अचानक बाधा, आलोचनाको भय एवं अपमानित हुनुपर्नेछ । सांगीतिक क्षेत्रबाट भने प्रशंशा मिल्ने तर अनावश्यक खर्च बढ्नेछ । सवारी साधनबाट भए एवम लामो यात्राको योग बन्नेछ ।

कुम्भ – झमेलामा मेलमिलाप हुनेछ ।विद्यामा प्रगति तथा स्वास्थ्यमा सुधार एवं राम्रो काममा लगानी हुनेछ । दाजुभाइबाट सहयोग बढ्नेछ । सन्तानको चिन्ता थपिने एवम व्यवसायिक रुपमा झमेला आउनेछ । साताको अन्त्यमा भने नोकरीमा तनाव एवम धनको कारोबारमा विवाद आउनेछ ।

मीन – सांगीतिक रुचि बढ्नेछ सन्तानले खुशी दिनेछन् । आम्दानी राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या, शीरमा दर्द देखिन्छ । पाचनशक्तिमा गडबडी देखिएको छ । भूमिबाट फाइदा एवं राजनीतिक लाभ मिल्नेछ । मुद्दामामिला किनारा लाग्ने एवम इष्टमित्रबाट सहयोग पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी/ जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah