नयाँदिल्ली । भारतको अयोध्या भूमि विवादमा आज सर्वोच्च अदालतमा मध्यस्थता प्यानलले प्रस्तुत गरेको प्रतिवेदनमा सुनुवाइ हुँदैछ ।

विवादको समाधान गर्न गठित मध्यस्थता प्यानलले निकालेको निष्कर्षमा नै सुनुवाई हुने भएकाले आजको सुनुवाई महत्वपूर्ण मानिएको छ । तर मध्यस्थताबाट समस्या समाधान नहुने संकेत पाएमा सर्वोच्चले आफैं सुनुवाइकै क्रममा फैसला पनि गर्न सक्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वोच्चले यस विवादमा पारस्परिक समाधानका लागि मार्च ८ मा तीन सदस्यीय प्यानल गठन गरेको थियो । अयोध्यामा भगवान् रामको जन्मस्थान मानिने २.७७ एकड भूमिका सम्बन्धमा विगत ७० वर्षदेखि विवाद चलिरहेको छ ।