काठमाडाैँ, २७ बैशाख । नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट (आइपी) नागराज शंकरमूर्तिलाई जहाज उडानमा प्रतिबन्ध लगाइएको छ।

एयरबस ३२० का आइपी पाइलट नागराजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। जहाज उडानमा प्रतिबन्ध लागेसँगै पाइलट नागराज बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ककपिटमै निदाएको नागराजको फोटो सार्वजनिक भएपछि प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ।

चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराज को-पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए। दैनिक नेपाल बाट साभार