काठमाडौं। राजधानी काठमाडौं यतिबेला ज्याकारान्डामय बनेको छ। यो फूललाई अहिले जताततै देख्न सकिन्छ।

धुँवाधुलो, सवारीको चाप, कंक्रिटको घरैघरको भार थेगिरहेको काठमाडौंलाई यो फूलले केहीहदसम्म भएपनि सुन्दरता थप्ने काम गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो एक प्रकारको फूल हो। जुन बैजनी रङको हुन्छ। जुन फूलले पैदल यात्रुदेखि लिएर सवारी साधन हाक्ने यात्रुहरुलाई मोहित बनाइरहेको छ।