मिस नेपाल प्रतियोगिताको पछिल्लो संस्करणमा अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधि पहिरिन सफल भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई आएका छन्।

उनलाई सन् २०१८ को उपाधि विजेता श्रृङ्खला खतिवडाले ताज पहिराइदिएकी थिइन्। अङ्गालो मार्दै बधाई दिएकी खतिवडा त्यसपछि मञ्चबाट हात हल्लाउदै बिदा भएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफ्नो इन्स्टाग्राममा लेख्दै नयाँ मिस नेपाललगायतका उपाधि विजेताहरूलाई बधाई दिएकी छन्। उनले लेखेकी छन्: "ठूलो सफलताका लागि बधाई। यो तपाईँहरूको जीवनको सबैभन्दा रमाइलो, रोमाञ्चक र सम्झनयोग्य वर्ष हुनेछ। मिस नेपाल एक वर्ष मात्रै हुन पाइन्छ त्यसैले सम्पूर्ण मन लगाएर आफ्नो उत्कृष्ट दिनुहोला।

"पुरै देश तपाईँहरूको समर्थनमा छ... यात्रा भर्खरै सुरु भएको छ। जानुहोस्, अन्तर्राष्ट्रिय ताज जित्नुहोस्।"

बिहीवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा मिस नेपाल युनिभर्सको उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थको उपाधि रिया बस्नेत, मिस नेपाल इन्टरन्याशनलको उपाधि मीरा कक्षपति र मिस सुपरन्याशनलको उपाधि रोज लामाले पाएका छन्।आफ्नो इन्टाग्राममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफ्नोबारे भिडियो तथा फोटोहरू राखेकी छन्।