काठमाण्डौ । इमेज एफ.एममा कार्यरत रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।४५ वर्षका सुरज लामो समयदेखि मोर्टार न्यूरोन डिजिज ९एमएनडी० बाट पीडित रहेका थिए ।

पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरेका सुरज ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।उनी संवत २०५६ सालमा इमेज एफएमको स्टेशन म्यानेजरसमेत बनेका थिए ।धरान घर भएका सुरज श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड