बिर्तामोड । कमल गाउँपालिकाले सडकमा धान थ्रेसर लगाए पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । सडक दुर्घटना न्यनीकरण गर्न र सडकलाई सधै खुल्ला राख्न गाउँपालिकाले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत युवराज ढकालले बताए । उनले भने – सडकमा धान थ्रेसर लगाए पाँच हजार रुपैयाँसम्म जरिवाना गरिन्छ ।

यो संगै गाउँपालिकाले सडकमा पराल लगायतका कुनैपनि निर्माण सामग्री नराख्न गाउँवासीलाई अनुरोध गरेको छ । स्तरोन्नति र कालोपत्रे गरिएको सडकमा गाईवस्तु नबाध्न र नडुलाउन अनुरोध गरेको छ । यदि गाउँपालिकाको निर्णयलाई उल्लङ्घन गर्दै त्यस्तो गरेको पाइएमा उल्ङघन कर्तालाई कानून अनुसार दण्डित गर्ने बताइएको छ । टाइम्स अफ प्रदेश बाट साभार